नेपाली कांग्रेसकी बासना थापा दैलेख-१ बाट विजयी भएकी छन्।
थापा निकट प्रतिस्पर्धीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी नेकपा (एमाले) का रविन्द्रराज शर्माले ११ हजार ७९६ मत पाए।
२०३७ जेठ १५ मा काठमाडौँ महानगरपालिका-९, मा जन्मिएकी थापाले संसदीय तय गरेकी छन्। उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी थिइन्।
उनले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। देशभर कांग्रेसको लज्जास्पद पराजय भइरहेका बेला थापा निर्वाचित भएकी हुन्।
132
Shares

प्रतिक्रिया