राजनीति


विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०८२ सोमबार ११:१३, विराटनगर

आइतबार गण्डकी प्रदेशको पोखरामा एकता सन्देश सभा गरेको नेपाली कम्युनिस्ट पार्टीले आज कोसी प्रदेशको विराटनगरमा त्यस्तो सभा गर्दैछ। 

विराटनगरको पुरानो गुद्री बजारमा दिउँसो १२ बजेदेखि सभा सुरु हुने नेकपाका नेता निर्मल बरालले जानकारी दिए। 

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन्। सभाको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, महेन्द्र राय लगायत विराटनगर पुगिसकेका छन्।  

एक दर्जन भन्दा धेरै वामपन्थी घटक मिलेर गएको कात्तिक १९ गते निर्माण भएको नेकपाले देशका सबै प्रदेशमा प्रमुख नेताको उपस्थितिमा एकता सन्देश सभा गर्ने जनाएको छ। 

अब कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते त्यस्ता सभा हुनेछन्। 

यही मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ। नेकपाले सुदूरपश्चि, लुम्बिनी र गण्डकीमा सभा सकिसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad