राजनीति


निर्वाचनपछि नेकपा मुलुकको निर्णायक शक्ति बन्छ: वर्षमान पुन

निर्वाचनपछि नेकपा मुलुकको निर्णायक शक्ति बन्छ: वर्षमान पुन

नेपालखबर
फागुन १६, २०८२ शनिबार १६:३४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने दाबी गरेका छन्। 

शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेन्डा आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे। मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्यालाई सम्बोधन गर्ने सामर्थ्य पनि नेकपाले मात्रै राख्ने उनको भनाइ थियो। 

‘राष्ट्रियता, समृद्धि, सुशासनका एजेन्डालाई अघि बढाउने सामर्थ्य हामीसँग छ। त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छन्। नेपाली कम्युनिस्ट पार्टी आजको राष्ट्रिय स्वाधिनता, समृद्धि र देशका सबै समस्याहरू सम्बोधन गर्न सामर्थ्य राख्छ,’ उनले भने। 

निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेनजीका सकारात्मक मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। ‘हामी आगामी निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो पार्टी, निर्णायक पार्टी हुने हैसियत राख्छौँ। त्यो एजेन्डा राख्छौ, त्यो नेतृत्व राख्छौँ,’ पुनले भने, ‘हामी जनताको जनमतबाट जेनजीका सकारात्मक माग, उनीहरूको भावनालाई सम्बोधन गर्छौं।’

रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनको भनाइ थियो। अब समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनी रोल्पाबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad