प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी (पूर्व)-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम निर्वाचिन भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलले १६ हजार २९३ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा (एमाले)का भागिरथ सापकोटाले ९ हजार १३१, श्रम संस्कृति पार्टीका भिमचन्द्र गुरुङले १ हजार ७०२, नेकपाका लोकप्रसाद भुर्तेलले १ हजार २४५ र राप्रपाका दिपकचन्द्र बस्ताकोटीले १ हजार २२१ मत प्राप्त गरेका छन्।
69
Shares

प्रतिक्रिया