प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का माधवबहादुर थापा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, थापा २६ हजार ७३६ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेकपाका सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेका छन्।
48
Shares

प्रतिक्रिया