राजनीति


तत्काललाई वर्तमान सरकारको विकल्प छैन : हृदयश त्रिपाठी

तत्काललाई वर्तमान सरकारको विकल्प छैन : हृदयश त्रिपाठी

नेपालखबर
मंसिर २७, २०८० बुधबार ५:४३, जनकपुरधाम

जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयश त्रिपाठीले तत्कालको लागि वर्तमान सरकारको विकल्प नदेखिएको बताएका छन्।  

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताए। 

मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत नरहेको चर्चा गर्दै उनले गठबन्धनबाट बन्ने जुनसुकै सरकारले लोकप्रिय काम गर्नसक्ला भन्नेमा आफूलाई विश्वास नलागेको त्रिपाठीको भनाई छ।

उनले भने,  ‘प्रधानमन्त्री ‘प्रचण्ड’मा केही गरौँ भन्ने चाहना छ। तर विभिन्न राजनीतिक स्वार्थ भएका पार्टीबाट बनेको कुनै पनि गठबन्धन सरकारले यो भन्दा गतिलोगरी काम गर्न सक्दैन।’  

सङ्घीयता र विकासका सवालमा धेरै राम्रो नगरे पनि प्रचण्डले नराम्रोचाहिँ नगर्ने विश्वास उनले व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .