राजनीति


मधेस प्रदेश : जसपा संसदीय दलको बैठकमा ३ सांसद अनुपस्थित, के भयो निर्णय?

मधेस प्रदेश : जसपा संसदीय दलको बैठकमा ३ सांसद अनुपस्थित, के भयो निर्णय?

सोमबारको बैठकमा उपस्थित जसपा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसहितका सांसद


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १२:४२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश संसदीय दलको बैठक भर्खरै सकिएको छ। 

आइतबार केन्द्रमा जसपा विभाजन भएपछिको परिस्थितिका सम्बन्धमा छलफल गर्न मुख्यमन्त्रीसमेत रहेका जसपा संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका थिए। 

बैठकले जसपा विभाजन गर्ने गतिविधि पार्टीको भावना र राजनीतिक दल सम्बन्धि ऐन विपरित रहेको ठहर गरेको छ। 

बैठकमा उपस्थित सबै सांसदले उपेन्द्र यादवको नेतृत्वप्रति एक्यवद्धता जाहेर गर्दै पार्टी विभाजनको षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको जसपाकी मधेस प्रदेश सांसद ललिता तत्माले जानकारी दिइन्। 

‘बैठकमा सहभागी सबै सांसदबाट हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको नेतृत्वप्रति अगाध आस्था व्यक्त भयो,’ उनले नेपालखबरसँग भनिन्, ‘अगामी दिनमा पार्टीको नीति र केन्द्रीय अध्यक्षज्यूको नेतृत्व विरुद्धका जस्तासुकै षड्यन्त्रलाई निस्तेज र विफल पारेर एकतावद्ध भएर अघि बढ्ने निर्णय भएको छ।’ 

मधेस प्रदेसभामा जसपाका १९ सांसद छन्। जसमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित थिए। 

सांसद कुशवाहाले आफू महोत्तरीस्थित आफ्नै क्षेत्रको कार्यक्रममा व्यस्त भएकाले बैठकमा नगएको बताए। 

‘म आफ्नै क्षेत्रको कार्यक्रममा व्यस्त थिएँ। बैठकमा जान पाइँन,’ उनले भने, ‘अरु साथीहरु किन जानु भएन, मलाई जानकारी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .