राजनीति


नैतिक चरित्रमाथि प्रश्न उठेपछि माओवादी मधेस संसदीय दलका नेता भरत साहले दिए राजीनामा

नैतिक चरित्रमाथि प्रश्न उठेपछि माओवादी मधेस संसदीय दलका नेता भरत साहले दिए राजीनामा

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ९:३०, जनकपुरधाम

नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सोमबार (हिजो) राजीनामा बुझाएका माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

स्रोतका अनुसार साहमाथि नैतिक चरित्र (यौन विचलन)सम्बन्धी गम्भीर आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब पर्दै आएको थियो। 

माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद् र पार्टीका नेताहरुले उनलाई राजीनामा दिन दबाब दिए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर, पार्टीमाथि दबाब बढ्दै गएपछि प्रचण्डले नै उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए। 

यसअघि नै साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए। केन्द्रबाट दबाब नहुँदा उनी राजीनामाबाट पन्छिँदै आएका थिए। 

साहमाथि आफ्नै सांसद्हरुले प्रश्न उठाउन थालेपछि उनले गएको १० महिनादेखि संसदीय दलको बैठकसमेत बोलाएका छैनन्। 

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट निर्वाचित साहले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अब मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ। 

हाल रौतहटबाट निर्वाचित युवराज भट्राई (समीर) माओवादी मधेस प्रदेश संसदीय दलको उप नेता छन्। स्रोतका अनुसार नेता भट्टराई र सर्लाही ३ (क)बाट निर्वाचित सांसद जवाहर कुशवाहा  संसदीय दलको नेताका मुख्य दावेदार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad