राजनीति


रामराजासिंह प्रतिष्ठान सञ्चालन गर्ने यादवको प्रतिबद्धता

रामराजासिंह प्रतिष्ठान सञ्चालन गर्ने यादवको प्रतिबद्धता

नेपालखबर
माघ १४, २०८२ बुधबार १९:१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं सप्तरी-२ का उम्मेदवार उमेशकुमार यादवले रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण तथा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। 

बुधबार राजविराज नगरपालिका-१०, बिरौलमा घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले उठाएको प्रतिष्ठानको विषयमा उनले प्रतिबद्धता जनाएका हुन्। आफूले चुनाव जितेमा पहिलो काम प्रतिष्ठान हुने उनको भनाइ थियो। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्री हुँदा अघि बढाएको प्रतिष्ठान सञ्चालन गरेरै छाड्ने उनले प्रतिबद्धता गरेका हुन्। ‘काठमाडौँबाट मेरो लास आउँछ वा प्रतिष्ठान सञ्चालनको शुभ समाचार आउनेछ,’ उनले भने। 

विगतमा चुनाव जितेर सिंचाईमन्त्रीको जिम्मेवारी पाउँदा सिंचाई, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा महत्त्पूर्ण काम गरेको उनले स्मरण गराए। चुनाव जितेपछि टोल-टोलमा जनपरिषद् गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भूमिका खेल्ने उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad