राजनीति


एमाले सचिवालय बैठक सुरु (तस्बिरहरू)

एमाले सचिवालय बैठक सुरु (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
चैत २०, २०८२ शुक्रबार १४:३४, काठमाडौँ

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष बादलको वक्तव्यबारे छलफल हुने जनाइएको छ। 

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता बादलले जेजनी आन्दोलन र त्यसपछि चुनाव लगायतका विषयमा विभिन्न पक्ष सहभागी भएको अभिव्यक्ति दिएका थिए।

उनले त्यसमा नेपाली सेना, कर्मचारीतन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भुमिका रहेको औँल्याएका थिए। त्यसलाई लिएर एमालेमा विवाद उत्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad