एसईईको प्रश्नपत्र आउट गरको आरोपमा सर्लाहीबाट तीनजना विद्यार्थी पक्राउ परेका छन्।
शुक्रबार बिहान भएको नेपाली विषयको परीक्षामा गोडैता नगरपालिका-५ रामवनस्थित जनता मावि परीक्षा केन्द्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नमूना कावि बलरा-८ का पृतम यादब, सोही ठाउँका अलोक यादव र नारायण हरि मावि गोडैता-५ का सुमित यादव रहेका छन्।
उनीहरूले मोबाइल फोनको माध्यमबाट प्रश्नपत्र आउट गरेका प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।
498
Shares

प्रतिक्रिया