जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फरार जवर्जस्ती करणी मुद्दाका कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–१० छप्रेल बिरौटा बस्ने वर्ष २७ को रमेश गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार यही आज (जेठ २५ गते) अस्थायी प्रहरी पोष्ट भैसिखोर दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनी आफ्नै घरमा लुकिछिपि बसि रहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरिएको जनाएको छ।
उनलाई आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासत कक्षमा राखिएको छ।

प्रतिक्रिया