ad ad

राजनीति


सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेमट

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेमट

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १९:१६, कञ्चनपुर

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउप्रति उनको पार्टीले भर्त्सना गरेको छ। 

सरकार र तत्कालीन आन्दोनकारी थरुहट-थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सांसद चौधरीलाई नियन्त्रणमा लिएको भन्दै नागरिक उन्मुक्तिले भर्त्सना गरेको हो। 

नागरिक उन्मुक्तिले सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ।

त्यसअवधिमा सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उन्मुक्तिले निर्देशन जारी गरेको छ।

‘उनी २०६६ देखि आजसम्म कहिँ कतै फरार थिएनन्। यसबीचमा ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेका थिए? आज नागरिक उन्मुक्ति पार्टीबाट विजयपश्चात यो मुद्दा किन उदयो? पूर्वाग्रही आँखाले किन हेरियो?’

यो गतिविधि सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीहरूमाथिको विभेद भएको नागरिक उन्मुक्तिको ठहर छ।

‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टा भित्र रिहा नगरे त्यसपछिका घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीमा ठूलो आघात परेको महसुस गरेका छौँ। हामीलाई जबरजस्त आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .