राजनीति


पूर्वमन्त्री सुवेदीसहित दुई नेतालाई एमाले कैलालीले गर्‍यो कारबाही सिफारिस

पूर्वमन्त्री सुवेदीसहित दुई नेतालाई एमाले कैलालीले गर्‍यो कारबाही सिफारिस

गोकुल जोशी
माघ ६, २०८१ आइतबार १०:२८, कञ्चनपुर

नेकपा एमाले कैलालीले सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गर्न सिफारिस गरेको छ।

शनिबार बसेको नेकपा एमाले कैलालीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धका गतिविधिमा संलग्न भएको पाइएको भन्दै दुवैलाई साधारण सदस्यबाट समेत हटाउन सिफारिस गरेको।

नेकपा एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीका अनुसार एमालेबाट कारबाहीमा परेका भीम रावलको स्वागतमा धनगढी विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको विषय उठेको र त्यसप्रति खेद प्रस्तावसमेत पारित गरिएको छ। 

एमाले कैलालीले कारबाहीका लागि सिफारिस गरेका सुवेदीद्वय नातामा बाबुछोरा हुन्। दुवै भीम रावलनिकट मानिन्छन्। 

एमालेबाट निकालिएपछि भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानमा उनीहरू सक्रिय थिए। ४ माघमा रावल सुदूरपश्चिम आउँदा धनगढी विमानस्थलमा अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad