राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने, सांसदलाई धनगढी नछोड्न निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने, सांसदलाई धनगढी नछोड्न निर्देशन

गोकुल जोशी
साउन १२, २०८२ सोमबार १७:४९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने निर्णय गरेको हो। 

सो मतका लागि अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए। 

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि २० असारमा नाउपाले समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने तयारी गरेसँगै  १३, १४ र १५ गते कांग्रेस सांसदहरूलाई धनगढी नछाड्न भनिएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका २७ मत आवश्यक पर्छ। सत्तारुढ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। 

प्रतिपक्षी माओवादी केन्द्रका ११ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि हाल प्रतिपक्षमै छन्। प्रदेश सभामा एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १-१ जना छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad