प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनकसिंह धामी निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका धामी २४ हजार ३३२ मत ल्याएर सांसद निर्वाचित भएका हुन्। प्रतिस्पर्धी नेकपाकी बीना मगरले ११ हजार ११० मत प्राप्त गरिन्।
त्यस्तै, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७, नेकपा (एमाले)का तारा लामा तामाङले ८ हजार ८८, राप्रपाका दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरेका छन्।
24
Shares

प्रतिक्रिया