राजनीति


महाधिवेशनका लागि दुवै पक्षको नयाँ कार्यसमिति बनाउनुपर्छ: विमलेन्द्र निधि

महाधिवेशनका लागि दुवै पक्षको नयाँ कार्यसमिति बनाउनुपर्छ: विमलेन्द्र निधि

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १८:५८, जनकपुरधाम

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति नमान्ने जनाउँदै अब कांग्रेसलाई एकताबद्ध बनाउन संयुक्त कार्यसमिति बनाएर १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले विवाद समाधान गर्न दुवै पक्ष समेट्नुपर्ने बताए। ‘पार्टीभित्र देखिएको विवाद समाधानका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर दुवै समूहलाई समेटेर संयुक्त कार्यसमिति गठन गर्नुपर्छ,’ निधिले भने। 

उनले सहमति, संवाद र एकताको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। संयुक्त कार्यसमितिमार्फत आगामी १५औँ महाधिवेशनको कार्यतालिका, संगठनात्मक तयारी तथा अन्य आवश्यक निर्णय अघि बढाउनुपर्नेमा उनले जोड दिए।

विशेष महाधिवेशनमा सबै प्रतिनिधिको सहभागिता नभएको र पार्टीभित्र सहमति निर्माणका लागि हालसम्म प्रभावकारी पहल पनि हुन नसकेको उनको भनाइ थियो। ‘सर्वसहमतिमा सबैको सहभागिता हुने नयाँ कार्यसमिति बनाएर अघि बढनुपर्छ,’ निधिले भने। 

सदस्यता नवीकरण प्रक्रियाबारे बोल्दै उनले १५औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया यसअघि नै पूरा भइसकेको बताए। साथै पार्टीभित्र संवाद र समन्वय बढाउन सातै प्रदेशमा परामर्श तथा भेटघाट अभियान सञ्चालन गरिसकिएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad