कोशी


रेखा थापाको चुनावी पोज

रेखा थापाको चुनावी पोज

नेपालखबर
भदौ २७, २०७९ सोमबार १९:२६, काठमाडौँ

आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लाग्न र मनोनयन दर्ता हुन बाँकी नै छ । तर, चलचित्रमा ‘हिम्मतवाली’को परिचय बनाएकी नायिका रेखा थापालाई भने चुनाव लागिसकेको छ । राप्रपाबाट आफ्नो नाम सिफरिस भएसँगै रेखा मोरङ ३ मा चुनाव प्रचार गर्दै घरदैलो अभियानमा खटिएकी छिन् ।

मोरङको क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुन्दर हरैंचा, बेलबारी, कानेपोखरी र पथरी शनिश्चरेका गाउँमा रेखाले चुनावी प्रचार शुरु गरेकी हुन् ।

यसक्रममा उनले ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद थाप्ने, वालवालिकालाई बोक्ने, महिला एवं किशोरीहरुसँग तस्वीर खिच्ने अनि चौतारो र टोल टोलमा मानिसहरुसँग सम्वाद गर्ने क्रम अगाडि बढाएकी छिन् ।

नायिका रेखा थापालाई गाउँमा देखेपछि मानिसहरुले उत्साहका साथ उनीसँग तस्बिर खिचाइरहेको देख्न सकिन्छ ।

मोरङ क्षेत्र नम्बर तीनबाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने सबैभन्दा पहिले चुनावी अभियान लिएर गाउँ पसेकी छिन् ।

यसैबीच एमाले नेता ढकाल पनि आफ्नो चुनाबी क्षेत्रमा पुगेका छन् । कांग्रेसका भावी उम्मेदवार शर्मा चाहिँ दुबई भ्रमणमा निस्किएका छन् ।

हेर्नुहोस् नायिका रेखा थापाको चुनावी अभियानका केही ‘पोज’   

  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .