कोशी


कोसीमा नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई गठबन्धनको पत्र

कोसीमा नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई गठबन्धनको पत्र

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:५६, विराटनगर

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरेका छन्।

मुख्यमन्त्री केदार कार्कीले पदमा बस्ने कानुनी हैसियत गुमाएको ठहर गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका हुन्। कार्की कांग्रेसबाट निर्वाचित सांसद हुन्।

बुधबार एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन्।

पत्रमा २०८० असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेका एमाले र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार अल्पमतमा परेको र विश्वासको मतसमेत नलिएको कारण नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन भनिएको छ।

‘यसरी आफू अल्पमतमा परेको थाहा पाउँदापाउँदै पनि संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रायोजनको लागि समयावधि भित्र प्रदेश सभाको अधिवेशन आव्हानका लागि कुनै प्रक्रिया अगाडी नबढाएको र राजीनामा पनि नदिएको हुँदा विक्रम संवत् २०८१ साल वैशाख २५ गते राती १२ बजे वाट माननीय केदार कार्कीले कोसी प्रदेश सरकाको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत गुमाई स्वतः पद मुक्त सक्नु भएको हुँदा नेपालको संविधान बमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यु समक्ष हार्दिक अनुरोध गर्दछौँ’, पत्रमा लेखिएको छ।

९३ सदस्यीय कोसी प्रदेश सभामा मुख्यमन्त्रीले ५२ जना सदस्यको समर्थन गुमाएको एमाले र माओवादीको ठहर छ।

पत्र बुझ्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कानुनी परामर्शपछि उचित निर्णय दिने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .