कोशी


धनकुटामा एक पुरुष मृत अवस्थामा फेला

धनकुटामा एक पुरुष मृत अवस्थामा फेला

नेपालखबर
असार ३२, २०८३ बिहिबार १८:९, काठमाडौँ

धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाउँस्थित खोल्सामा स्थानीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४४ वर्षीय ‘भरत’ भनिने प्रेम न्यौपाने बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, आज दिउँसो करिव दुई बजेको समयमा न्यौपाने खोल्सामा मृत फेला परेका हुन्।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) पाण्डब कुमार राजबंशीको कमाण्डमा गएको टोलीले घटनाको बारेमा अनुसन्धान गरेको थियो।

शवलाई पोस्टमार्टमका लागि आजै अपराह्न जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad