साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेपछिका केही घटनाक्रम विवादित बनेका छन्।
खेल सकिएपछि अहिले अर्जेन्टिनाको टोलीले चर्चा र आलोचना खेप्नुपरेको हो।
खेलपछि फकल्यान्ड युद्ध झल्काउने ब्यानर देखाउँदा विवादमा परेको अर्जेन्टिनी टोलीसँगै अर्को बोटलको चर्चा पनि उस्तै छ।
इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डको वाटर बोटलको चर्चा भइरहेको हो। जोर्डनको बोटल हेर्दा इंग्ल्यान्ड अर्जेन्टिनासँगको खेल टाइब्रेकरमा लैजाने रणनीतिमा आएको देखिन्छ।
जुन बोटललाई खेलपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसहितका खेलाडीले निकै चाखपूर्ण तरिकाले हेरेका थिए। त्यो तस्बिर अहिले सामाजिक सञ्जालभरि छाएको छ।
जोर्डनको बोटलमा अर्जेन्टिनाका २३ खेलाडीको पेनाल्टी प्रहार कसरी जोगाउने भनेर उल्लेख गरिएको भेटिएको छ।
उनको बोटलमा अर्जेन्टिना पेनाल्टी टेकर लिस्ट भनेर खेलाडी र पेनाल्टी जोगाउने तरिकाबारे लेखिएको छ।
उनको बोटलमा मेस्सीको पेनाल्टी प्रहार बचाउन हल्का लेफ्टतिर ढल्केको नाटक गर्ने र राइट डाइभ गर्ने भनेर उल्लेख छ। मार्टिनेज र अल्भारेजको लेफ्ट डाइभ, म्याक अलिस्टरको डाइभ राइट भनेर लेखिएको छ।
Shares

प्रतिक्रिया