प्रविधि


२० खर्ब डलर नाघ्यो अल्फाबेटको बजार पुँजीकरण

२० खर्ब डलर नाघ्यो अल्फाबेटको बजार पुँजीकरण

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ८:२५, काठमाडौँ

गुगलको माउ कम्पनी अल्फाबेटको समग्र बजार पुँजीकरण पहिलोपटक २० खर्ब डलर नाघेको छ।

सोमबार कम्पनीको बजार पुँजीकरण २० खर्ब डलर नाघेको हो। पछिल्लो समय डिजिटल विज्ञापनमा गरेको खर्च र क्लाउड व्यापारमा देखिएको वृद्धिले कम्पनीको बजार पुँजीकरण बढाउन सहयोग पुगेको हो। 

सोमबार अल्फाबेटको शेयरको भाउ १.२ प्रतिशतले बढेको हो। अमेरिकाका प्रमुख पाँच प्रविधि कम्पनीमध्ये अल्फाबेट सबैभन्दा धेरै बजार पुँजीकरण बढ्ने कम्पनी हो।

पछिल्लो समय गुगलको विज्ञापनको व्यवसायमा देखिएको सुधारले कम्पनीको बजार पुँजीकरण बढाउन ठूलो सहयोग गरेको हो।

यसअघि नै अमेरिकी प्रविधि कम्पनीहरु एप्पल र माइक्रोसफ्टले २० खर्ब डलरको बजार पुँजीकरण पार गरिसकेका छन्। अल्फाबेटले सन् २०२० को जनवरीमा बजार पुँजीकरण १० खर्ब डलर नाघेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .