हामीले खिचेका सबै फोटोहरु सबै मानिसलाई देखाउन मिल्ने खालको हुँदैन। तर, यस्ता फोटो कसरी सुरक्षित राख्ने भन्ने समस्या हुन्छ। यदि तपाईं गुगल फोटोजको प्रयोग गर्नुहुन्छ भने हालै मात्र गुगलले यस्तो लक्ड फिचर ल्याएको छ।
यद्यपि यो फिचर अहिले नै सबै भर्सनमा भने उपलब्ध छैन। अहिले तत्कालका लागि यो फिचर पिक्सेल फोनमा मात्र उपलब्ध छ। आगामी जनवरीसम्म सबै भर्सनमा यो फिचर उपलब्ध हुने गुगलले बताएको छ। यो फिचरमा रहेको युजर्स प्रोटेक्टेड स्पेसमा आफ्नो निजी फोटो वा भिडियो सजिलो राख्न सकिन्छ।
यो फिचर सबैभन्दा पहिला गत मे महिनामा गुगल आई/ओ इभेन्ट २०२१ मा सार्वजनिक गरिएको थियो। यो फिचर प्रयोग गर्न तपाईंले गुगल फोटोजलाई अपडेट पनि गर्नु जरुरी हुन्छ।
लक्ड फोल्डरमा लुकाइएको फोटो गुगल फोटोज ग्रिड, मेमोरिज, सर्च वा एल्बममा भने देखाउँदैन।
यसरी गर्नुहोस् प्रयोग
Shares

प्रतिक्रिया