ad ad

प्रविधि


व्यवसायको पुनर्संरचना गर्दै अलिबाबा

व्यवसायको पुनर्संरचना गर्दै अलिबाबा

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १३:३, काठमाडौँ

चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले आफ्नो अन्तर्राष्ट्रिय र घरेलु व्यवसायलाई पुनर्संरचना  गर्ने बताएको छ। साथै उसले आफ्नो प्रमुख वित्तीय अधिकारी पनि परिवर्तन गर्ने भएको छ।

पछिल्लो समय सुस्ताउँदो अर्थतन्त्रको कारण प्रभावित बनेको व्यापार र बढ्दो क्रममा रहेको नियमनका बीच अलिबाबाले यस्तो निर्णय गरेको हो। 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अलिबाबाले अन्तर्राष्ट्रिय डिजिटल कमर्स र चाइना डिजिटल कमर्सका दुई एकाइ स्थापना गर्ने भएको छ। कम्पनीले व्यापारिक विस्तारको प्रयासस्वरुप नयाँ योजना अघि सारेको हो।

अलिबाबाको इन्टरनेशनल डिजिटल कमर्स युनिटमा अलिएक्सप्रेस पनि सामेल हुनेछ। यसले युरोप र दक्षिण अमेरिकामा व्यापार सञ्चालन गर्दै आएको छ भने यसको दक्षिण पूर्वी एसियाका क्षेत्रको व्यापारको लागि लाजाडा र अलिबाबा डटकमबाट आफ्नो सेवा दिँदै आएको छ। 

अलिबाबाले पछिल्लो समय नियामकहरुबाट विभिन्न समस्याको सामना गर्दै आएको छ। केही समयअघि बजारमा एकाधिकारविरुद्धको नियम उल्लंघन गरेको आरोपमा कम्पनीमाथि २ अर्ब ८० अमेरिकी डलर बराबरको जरीवानाको सामना गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .