प्रविधि


विश्व प्रकाशको संयोजनमा अमेरिकामा ‘नेपाल-आइटी संवाद’

विश्व प्रकाशको संयोजनमा अमेरिकामा ‘नेपाल-आइटी संवाद’

नेपालखबर
असार २६, २०७९ आइतबार २१:०, काठमाडौँ

अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा अमेरिकाको क्यालिफोर्निया राज्यको ‘सिलिकन भ्याली’ मा नेपाल आईटी संवाद सञ्चालन भएको छ। 

अबको दशकको नेपालमा आइटिमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सृजनाको मार्ग चित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा कार्यक्रममा छलफल गरिएको थियो।

अमेरिका भ्रमणबाट नेपाल फर्किने दिन पारेर महामन्त्री शर्माको निमन्त्रणामा गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्ट लगायत विश्वप्रसिद्ध संस्थाका लागि कार्य गरिरहेका करिब एक दर्जन आइटी विज्ञ र आइटी प्रोफेसनल युवाहरुसँग सूचना र प्रविधिमा नेपालको आजको अवस्था र आगामी सम्भावनाबारे छलफल भएको थियो।

मातृभूमि नेपालका लागी सान्दर्भिक दृस्टी र परियोजना निर्माण गर्न बैठकमा सहभागी र सहभागीहरु मार्फत सम्बद्ध क्षेत्रलाई आग्रह गरियो। राजनैतिक द्वन्द्व र आग्रह भन्दा पर रहेर प्रविधिको क्षेत्रमा साझा ढंगले कार्य गर्न सकिने, गैह्र आवासीय नेपाली नागरिकता प्रक्रियामा गएको अवस्थामा सुरक्षित ढंगले लगानी गर्न सकिने अलावा प्रविधिको प्रयोग र विकासमा नेपाल तीब्र गतिमा अघि बढ्ने हो भने नीतिगत निरन्तरताको सुनिश्चितताको आवश्यकता सहभागीले औंल्याएका थिए।

सिलिकन भ्यालीको आइटिमा कार्यरत विज्ञ युवाहरुसँगको छलफलमा काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवाका आइटी विज्ञ इन्जिनियर दिपेश बिष्ट, अमेरिकामा रहेका नेपाली परमाणु वैज्ञानिक डा. यादव पण्डित तथा डा देशराज संयोजक लिम्बु जुम मार्फत सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .