प्रविधि


ट्वीटरबाट बच्न विश्वकै दोस्रो धनी अर्बपतिले बेचे निजी विमान

ट्वीटरबाट बच्न विश्वकै दोस्रो धनी अर्बपतिले बेचे निजी विमान

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ११:३६, काठमाडौँ

विश्वका दोस्रो सबैभन्दा धनी अर्बपति बर्नार्ड अर्नल्टले ट्वीटरको ट्र्याकिङबाट बच्न भन्दै आफ्नो निजी विमान बेचेका छन्।

अर्नल्टको कम्पनी एलभीएलएच मोएट हेनेसी लुइस भुइटोनले आफ्नो निजी विमान बिक्री गर्ने निर्णय गरेको हो। यसअघि ट्वीटरले अर्नल्टको विमान ट्र्याक गरी यसले निकाल्ने प्रदूषणको  विषयलाई मानिसहरुले उठाएका थिए। 

गर्मीयाममा फ्रन्समा यो विषयमा ठूलो चर्चा भएको थियो। जसको कारण केही नेताले निजी विमानमा कर लगाउने वा प्रतिबन्ध लगाउने योजना अघि सारेका थिए।

एलभीएमएचको रेडियो स्टेसनमा बोल्दै अर्नल्टले आफूले अहिले कतै यात्राको लागि विमान भाडामा लिने गरेको बताए। 

ब्लूमवर्गको अर्बपतिको सूचीअनुसार अर्नल्टसँग १ खर्ब ३३ अर्ब डलरको सम्पत्ति छ। उनी अमेजन डटकमका जेफ बेजोसलाई पछि पार्दै विश्वको दोस्रो धनी बनेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .