प्रविधि


ट्वीटरको मालिक बनेपछि मस्कले हटाए सीईओसहित शीर्ष कर्मचारी

ट्वीटरको मालिक बनेपछि मस्कले हटाए सीईओसहित शीर्ष कर्मचारी

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ८:२, काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्क ट्वीटरको मालिक बनेका छन्। ट्वीटरसँग उनले गरेको ४४ अर्ब डलरको सम्झौता पूरा भएसँगै उनी ट्वीटरको मालिक बनेका हुन्।

मालिक बनेसँगै उनले सीईओसहित शीर्ष कर्मचारीलाई बर्खास्त गरेका छन्। मस्कले उनीहरुमाथि आफूलाई भ्रममा राखेको र ट्वीटरबारे पर्याप्त जानकारी आफूलाई नदिएको आरोप लगाएका छन्। 

मस्कले तत्कालै लागू हुने गरी सीईओ प्रयाग अग्रवाल र वित्तीय प्रमुख नेड सेगाललाई बर्खास्त गरेका हुन्।

मस्कले ट्वीटरसँगको खरिद सम्झौता पूरा गरेसँगै ट्वीटरले सम्झौता कार्यान्वयनको लागि अदालतमा हालेको मुद्दा पनि खारेज हुनेछ। मस्कले ट्वीटर आफूले पैसा कमाउनको लागि खरिद नगरेको स्पष्ट पारेका छन्। 

मस्कले ट्वीटरको मुख्यालयमा हिँडिरहेको आफ्नै भिडियो ट्वीटसमेत गरेका छन्। उनले आफ्नो ट्वीटरको प्रोफाइलमा पनि आफ्नो परिचय ट्वीटर प्रमुखको रुपमा राखेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .