ad ad

प्रविधि


एकैसाथ पाँचवटा कम्पनी हाँक्दै इलोन मस्क

एकैसाथ पाँचवटा कम्पनी हाँक्दै इलोन मस्क

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ८:५४, काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्कले आफू नै ट्वीटरको सीईओ बन्ने बताएका छन्। सोमबार उनले आफू ट्वीटरको सीईओ बन्न लागेको जानकारी दिएका हुन्।

ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेसँगै मस्कले कम्पनीका सीईओसहित शीर्ष कर्मचारीहरुलाई बर्खास्त गरेका थिए। 

यसअघि नै चार कम्पनीको नेतृत्व सम्हालिरहेका मस्कले एकैपटक पाँच कम्पनीको नेतृत्व सम्हाल्न लागेका हुन्। मस्क अहिले विद्युतीय कार निर्माता टेस्ला, रकेट कम्पनी स्पेसएक्स, ब्रेन चिप कम्पनी न्युरालिंक र टनेलिङ कम्पनी द बोरिङ कम्पनीका सीईओ हुन्। 

मस्कले ट्वीटरको बोर्ड अब डाइरेक्टरका सबै सदस्यलाई हटाएका छन्। यससँगै अब मस्क ट्वीटरको एक्लो निर्देशकको रुपमा रहनेछन्। यद्यपि मस्कले बोर्डको विघटन अस्थायी भएको बताएका छन्। 

गत साता मस्कले ट्वीटरसँग गरेको ४४ अर्ब डलरको खरिद सम्झौता पूरा भएको थियो। त्यसयता मस्कले ट्वीटरबारे केही महत्वपूर्ण कदम चालेका छन्।

अहिले मस्कको टोलीले केही कर्मचारीहरुसँग कुरा गरेर ट्वीटरको सफ्टवेयरको विषयमा जानकारी हासिल गर्ने प्रयास गरिरहेको छ। यसको माध्यमबाट आगामी दिनमा नक्कली खाता हटाउन सहयोग पुग्ने मस्कको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .