ad ad

प्रविधि


टिकटक प्रतिबन्ध हुँदा ट्विटरलाई फाइदा हुन्छ, तर म यसको विरुद्धमा छु : एलन मस्क

टिकटक प्रतिबन्ध हुँदा ट्विटरलाई फाइदा हुन्छ, तर म यसको विरुद्धमा छु : एलन मस्क

फाइल तस्वीर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार ८:४, काठमाडौँ

अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

चिनियाँ स्वामित्वमा भएकाले सुरक्षा चिन्ताका कारण अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ। अन्य कतिपय देशले सरकारी कर्मचारीको फोनबाट यसलाई प्रतिबन्ध लगाएका छन्।

 

तर यसको पक्षमा आफू नरहेको ट्विटरका सञ्चालक एलन मस्कले बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफू टिकटक प्रतिबन्धको विपक्षमा रहेको बताएका हुन्।

उनले आफू धेरै एप नचलाउने तर अमेरिकाले त्यस्ता कुनै एप प्रतिबन्ध लगाउँछ भने त्यसको समर्थन आफू नगर्ने उनले बताएका छन्।

टिकटक प्रतिबन्ध हुँदा ट्विटरका लागि फाइदा हुने बताउँदै उनले तथापि आफू प्रतिबन्ध लगाउने विचारमा सहमत नहुने उनले बताए। उनले भनेका छन्, 'टिकटक प्रतिबन्ध हुँदा मानिसहरू ट्विटरमा धेरै समय बिताउँछन्, यसले मलाई त फाइदा हुन्छ। तर सामान्यतया म कुनै पनि विषयमा लाग्ने प्रतिबन्धको विरुद्धमा छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .