ad ad

प्रविधि


यस्तो छ विश्वकै ठूलो यात्रुवाहक जहाज, पहिलो परीक्षण सम्पन्न

यस्तो छ विश्वकै ठूलो यात्रुवाहक जहाज, पहिलो परीक्षण सम्पन्न

नेपालखबर
असार १३, २०८० बुधबार १९:१९,

फिनल्यान्डमा विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक पानीजहाज निर्माण सम्पन्न भएको छ। अक्टोबरदेखि सेवामा लगिने यो जहाजलाई परीक्षणका लागि समुद्रमा ओरालिएको छ।

रोयल क्यारिबियन इन्टरनेसनलको आइकन अफ द सिज नाम दिइएको यो जहाज ३६५ मिटर लामो छ। २० वटा डेक भएको यसको तौल २ लाख ५० हजार ८०० टन हुने अनुमान गरिएको छ। 

जनवरी २०२४ मा क्यारिबियन सागरमा यसले यात्रा गर्नेछ। त्यतिबेला यो जहाजमा ६ हजार ६१० यात्रु र २ हजार ३५० चालक दलका सदस्य सजिलै अटाउनेछन्। 

जहाजको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसमा जहाजमा बनेका मध्ये विश्वकै ठूलो वाटरपार्क हुनेछ। जसमा ६ वटा स्लाइड र सात वटा स्विमिङ पुल हुनेछन्।

विश्वकै ठूलो यात्रुवाहक जहाजको कीर्तिमान अहिले रोयल क्यारिबियनकै वन्डर अफ द सिज नामक जहाजको नाममा छ। ३६२ मिटर लामो यो जहाजमा १८ डेक छन्।

आइकन अफ द सिजमा भने यात्रुहरुका लागि विभिन्न २८ किसिमका आवासको व्यवस्था छन्। 

यो जहाज बनाउने प्रतिदिन २६ सय कामदार खटाइएको बताइएको छ।

यही वर्ष जहाजको अर्को परीक्षण हुनेछ।

यो जहाजको चर्चाका कारण जहाजको टिकट अहिले नै बुक भइसकेको छ। यो जहाज वर्षैभरि मायामीबाट सात दिनको छुट्टीका लागि क्यारिबियन सागरमा जाने बताइएको छ। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .