प्रविधि


डेढ घण्टा इन्टरनेट अवरुद्ध हुँदा टेलिकमले माग्यो माफी, भारतमा तार चुडिँदा नेपालमा समस्या

डेढ घण्टा इन्टरनेट अवरुद्ध हुँदा टेलिकमले माग्यो माफी, भारतमा तार चुडिँदा नेपालमा समस्या

नेपालखबर
माघ २१, २०८१ सोमबार २२:१६, काठमाडौँ

नेपाल टेलिकमले गए राति इन्टरनेट सेवा अवरुद्ध भएकामा ग्राहकहरूसँग माफी मागेको छ।

सोमबार एक विज्ञप्ति जारी गरी उसले गएराति ९:०७ देखि १०:३० सम्म इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न भएकोमा ग्राहकसँग माफी मागेको हो। 

साथै, उसले उक्त समस्या हुनुमा भारतीय आपूर्तिकर्ता कम्पनीको फाइबर (तार) चुडिनु रहेको स्पष्ट पारेको छ। 

उसले विज्ञप्तिमा लेखेको छ, ‘आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि सम्मौता गरी सेवा प्राप्त गरिरहेका आपूर्तिकर्ताहरूमध्ये भारतको एम/एस भारती एयरटेल लिमिडेटको भारतको उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल (तार) चुडिँन गई नेटवर्कमा समस्या उत्पन्न भएको र सोही कारणले गर्दा यही मिति २०८१ माघ २० गते राति ०९:०७ देखि १०:३० सम्म यस कम्पनीद्वारा प्रदान गरिरहेको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएकोमा यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।’

आइतबार राति नेपाल टेलिकमका साथै निजी क्षेत्रबाट सञ्चालित सबैजसो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध भएको थियो। 

निजी कम्पनीहरूले ब्यान्डविथवापत् करिब ६ अर्ब भन्दा धेरै रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी रहेकाले देशभर उक्त समस्या आएको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूको भनाइ थियो।

वर्ल्डलिंक, डिसहोम, एनसेल, भायनेटसहित सबैजसो कम्पनीको इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad