समाज


नुवाकोटका युवक युएईमा मृत फेला

नुवाकोटका युवक युएईमा मृत फेला

नेपालखबर
माघ २१, २०८१ सोमबार २२:१५, काठमाडौँ

नुवाकोटका एक युवक संयुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा मृत फेला परेका छन्। बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी आफू कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी परिवारलाई आएको छ।

त्यहाँ कार्यरत मृतकका सहकर्मीले माघ १८ गते तिवारी मृत फेला परेको जानकारी उनका भाइ हरिहर तिवारीलाई गराएको बेलकोटगढी १० का वडाध्यक्ष प्रल्हाद प्रसाद थपलियाले बताए।

श्रीमतीसँग सम्बन्ध राम्रो नएपछि उनी नेपाल आउन छाडेका थिए। उनकी श्रीमती पनि छोरासहित माईतीमै बस्दै आएकी छन्।

१२ वर्षदेखि यूएईमा कार्यरत तिवारी एक पटक मात्रै छुट्टीमा फर्किएका थिए। तर उनी परिवारका अन्य सदस्यसँग भने नियमित सम्पर्कमै रहेको भाइले बताएको वडाध्यक्ष थपलियाले बताए।

यता श्रीमती र अर्का एक पुरुषको कारण आफ्ना दाजुको मृत्यु भएको भन्दै भाइले दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिन खोजेका थिए।

तर प्रहरीले शव आएपछि रिपोर्ट हेरेर के गर्ने भन्ने सल्लाह गरौँला  भन्दै फर्काइदिएका छन्।

शव नेपाल ल्याउनका लागि परिवारले कन्सुलर सेवा विभागमार्फत निवेदन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad