मकवानपुरको बागमती गाउँपालिका-८ सात्तलेमा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती गाउँपालिका–८ ठोटरीखोला आफ्नै इनार सफा गर्ने क्रममा मिनबहादुर योञ्जनको मृत्यु भएको हो। शनिबार दिउँसो ३ बजेतिर इनारभित्र बेहोस भएका उनलाई उद्धार गर्ने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा उनका भतिज नविन योञ्जन र भान्जा समिर वाइबा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि फापरबारी लगिएको छ।

स्थानीय बासिन्दाले इनारभित्र अक्सिजनको अभाव वा विषालु ग्यासका कारण घटना भएको हुन सक्ने आशंका गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
6
Shares

प्रतिक्रिया