समाज


डोजरबाट खसेको पाइपले च्यापिँदा मजदूरको मृत्यु

डोजरबाट खसेको पाइपले च्यापिँदा मजदूरको मृत्यु

नेपालखबर
जेठ २३, २०८३ शनिबार १६:५४, काठमाडौँ

बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको डोजरबाट खसेको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।

शनिबार ताराखोला गाउँपालिका-५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका-३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डोजरबाट खसेको पाइपले च्यापिँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका गलकोट नगरपालिका-३ हटियास्थित इमर्जेन्सी अस्पतालमा भर्ना गरिएको थियो। 

शनिबार दिउँसो उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए। डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad