प्रविधि


विश्वभर एक्स किन भयो अवरुद्ध?

मस्क भन्छन्: फेरि पनि आक्रमण हुन सक्छ
विश्वभर एक्स किन भयो अवरुद्ध?

नेपालखबर
फागुन २७, २०८१ मंगलबार ७:५२, काठमाडौँ

अर्बपति व्यवसायी इलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) सोमबार "ठूलो साइबर आक्रमण" को सिकार भएको बताएका छन्।

अमेरिका र बेलायतलगायत विश्वका धेरै भागमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने बताएका छन्। 

‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो’, मस्कले एक्समा लेखेका छन्।

उनले यस आक्रमणमा ठूलो समूह वा देश नै संलग्न रहेको दाबी गरेका छन्। 

प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याबारे अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासा प्राप्त भएपछि मस्कको यो बयान आएको हो।

सोमबारको अवरुद्ध भएका बेला धेरै प्रयोगकर्ताले प्लेटफर्ममा पहुँच पुर्‍याउन तथा यसका एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखाइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad