प्रविधि


मस्क भन्छन्: मंगल ग्रहमा मानव अवतरण २०२९ सम्ममा सुरु हुन सक्छ

मस्क भन्छन्: मंगल ग्रहमा मानव अवतरण २०२९ सम्ममा सुरु हुन सक्छ

इलोन मस्क


नेपालखबर
चैत २, २०८१ शनिबार १९:४८, काठमाडौँ

स्पेसएक्सका संस्थापक तथा अर्बपति व्यवसायी इलोन मस्कले आफ्नो स्टारसिप रकेट अर्को वर्षको अन्त्यसम्ममा मंगल ग्रहका लागि प्रस्थान गर्ने बताएका छन्।

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘प्रारम्भिक मिसन सफल भयो भने मंगल ग्रहमा मानव अवतरण २०२९ सम्ममा सुरु हुन सक्छ, यद्यपि २०३१ सम्म हुने सम्भावना बढी छ।’

१२३ मिटर अग्लो अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट स्टारसिप मंगल ग्रहमा मानिस पठाउने मस्कको महत्वाकांक्षाको एक प्रमुख कदम हो।

यद्यपि यसले परीक्षणहरूमा धेरै असफलताको सामना गरिरहेको छ।

गत हप्ता स्टारसिप रकेट टेक्सासबाट प्रक्षेपण गरिएको थियो, जुन केही समयपछि नै विस्फोट भयो।

यो यस वर्षको दोस्रो असफलता थियो। यसअघि जनवरीमा पनि रकेट प्रक्षेपण असफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad