उक्त रकेटले अन्तरिक्षमा लगेको भूउपग्रह पनि ध्वस्त भएको आशंका गरिएको छ। उक्त रकेटको यतिबेला खोजी भइरहेको छ।
रकेट ल्याबका अनुसार उनीहरुद्वारा प्रक्षेपण गरिएको इलेक्ट्रोन रकेट उत्तरी द्वीपको माहिया प्रायद्वीपबाट उडेपछि वेपत्ता भएको छ।
बीबीसीका अनुसार उक्त रेकटमा जापानको क्यानन इलेक्ट्रोनिक्स र क्यालिफोर्नियाको प्लानेट ल्याब इंकको इमेजिङ स्पेसक्राफ्ट र इन–स्पेसन मिसन नामको बेलायती स्टार्ट अफको एक टेक्नोलोजी डेमोन्सट्रेसन प्लेटर्फ सामिल थियो।
असफल प्रक्षेपणपछि रकेट ल्याबका कार्यकारी अधिकृत पिटर बेकले आफ्ना उपभोक्ताहरु समक्ष माफी मागेका छन्।
शनिबार न्युजिल्यान्डबाट गरिएको इलेक्ट्रोन रकेटको १३ औं प्रक्षेपण थियो। यसअघि १२ पटक रकेटको सफल प्रक्षेपण भएको थियो। एजेन्सी
3
Shares

प्रतिक्रिया