चिनियाँ संचारमाध्यम सिन्ह्वाले आइतबार दिएको जानकारी अनुसार चिनियाँ चन्द्रयान पृथ्वी फर्किन थालेको छ।
चन्द्रयान पृथ्वी फर्किन थालेपछि चन्द्रमाबाट ढुंगा र माटोको नमुना संकलन गर्ने चीनको महत्वाकांक्षी योजना सफलतातर्फ उन्मुख भएको छ।
चन्द्रमाबाट नमुना संकलन गरेर ल्याएको चिनियाँ यान मंगोलियामा अवतरण गर्ने बताइएको छ।
चिनियाँ यानले यसपटक पठाएको चन्द्रमाको पहिलो तस्बिर
यदी चिनियाँ यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरे चीन अमेरिका र तत्कालिन सोभियन युनियनपछि चन्द्रमाबाट त्यस्तो नमुना संकलन गर्ने तेस्रो मुलुक हुनेछ।
चीनले आफ्नो चाङ’ए ५ यान गत नोभेम्बर २४ मा चन्द्रमामा पठाएको थियो। डिसेम्बर १ मा चिनियाँ चन्द्रयानको मुन ल्यान्डरले चन्द्रमाको सतहमा पाइला टेकेको थियो।
यस क्रममा चीन चन्द्रमामा झण्डा फहराउने अमेरिकापछि दोस्रो मुलुक बनेको छ।
चन्द्रमामा चीनको झण्डा
सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ अर्थात् यसपटकको अभियानले सघाउने अपेक्षा विज्ञहरूको छ।
चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ। एजेन्सी
यो पनिः चीनको ऐतिहासिक चाङ’ए ५ चन्द्र अभियान पछाडिका तीन महिला

प्रतिक्रिया