भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल यूएलपीजीएम-वी३ को सफलतापूर्वक परीक्षण गरेको छ।
बीबीसी हिन्दीका अनुसार यूएलपीजीएम-वी३ आन्ध्र प्रदेशको कुर्नूलस्थित राष्ट्रिय परीक्षण दायरामा प्रहार गरिएको हो।
यो मिसाइल विभिन्न प्रकारका लक्ष्यमा आक्रमण गर्न सक्षम छ र समतल तथा उच्च उचाइबाट पनि प्रहार गर्न सकिन्छ।
यस मिसाइलको विशेष कुरा के हो भने यसले धेरै प्रकारका युद्ध हेड स्थापना गरेर लक्ष्यलाई नष्ट गर्न सक्छ।
डीआरडीओ ले भनेको छ- यसले दिन वा रात कुनै पनि मौसममा सही रूपमा लक्ष्यमा प्रहार गर्न सक्छ।
यसमा यी तीनवटा युद्ध हेड स्थापना गर्न सकिन्छ।
एन्टी-आर्मर वारहेड: जसले आधुनिक ट्यांक र बख्तरबन्द सवा साधनलाई नष्ट गर्न सक्छ।
पेनिट्रेसन-कम-ब्लास्ट वारहेड: जसले बंकर र लुकेका स्थानलाई पनि नष्ट गर्न सक्छ।
प्रि-फ्रग्मेन्टेसन वारहेड: जसले ठूलो क्षेत्रमा भारी क्षति पुर्याउन सक्छ।
यो मिसाइल ड्रोनबाट प्रहार गरिएको हो। यो बेंगलुरुमा आधारित भारतीय स्टार्ट-अप कम्पनी न्युस्पेस रिसर्च टेक्नोलोजीजद्वारा विकास गरिएको हो।
डीआरडीओले सेनाको क्षमता बढाउन लामो दूरी तथा लामो समय उडान गर्ने ड्रोनमा पनि यो मिसाइल सामेल गर्ने योजना बनाइरहेको छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले यो ठूलो सफलताका लागि डीआरडीओ सहित सबै कम्पनीलाई बधाई दिएका छन्।
उनले भने, यसले प्रमाणित गर्छ- अब भारत आफैँले यस्तो उन्नत रक्षा प्रविधि बनाउन र विकास गर्न सक्छ।
डीआरडीओका अध्यक्ष डा. समीर वी कामतले यो मिसाइल समयको आवश्यकता भएको उल्लेख गर्दै यसले भारतीय सेनालाई ठूलो बल दिने बताएका छन्।
Shares

प्रतिक्रिया