भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले एकीकृत वायु रक्षा हतियार प्रणाली ((इन्टिग्रेटेड एयर डिफेन्स वेपन सिस्टम, आईएडीडब्ल्यूएस) को पहिलो परीक्षण गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ओडिसाको तटमा गरिएको पहिलो परीक्षण सफल भएको छ।
अधिकारीहरूका अनुसार, यो प्रणालीमा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, छोटो दूरीको क्षेप्यास्त्र र उच्च-शक्तिको लेजर हतियार समावेश छ।
यो प्रणाली शत्रुका लडाकु विमान, ड्रोन र क्रुज क्षेप्यास्त्रजस्ता हवाई खतराबाट जोगाउन विकास गरिएको बताइएको छ।
रक्षामन्त्री राजनाथ सिंहले वायु रक्षा प्रणालीको सफल परीक्षणमा डीआरडीओलाई बधाई दिएका छन्।
उनले एक्समा लेखेका छन्, ‘यसले शत्रुको हवाई खतराविरुद्ध लड्न मद्दत गर्नेछ र देशको रक्षा रेखालाई अझ बलियो बनाउनेछ।’
Shares

प्रतिक्रिया