ग्लोबल हंगर इन्डेक्समा भारत नेपाल र पाकिस्तानभन्दा कमजोर तल देखिएको छ।
यसको अर्थ भातरका मानिसहरु पेट भर खाना खान पाइरहेका छैनन्। त्यहाँ बाल मृत्यु दर धेरै छ। बच्चाहरुमा लम्बाईअनुसार वजन छैन, मानिसहरु कुपोषित छन्।
सूचीअनुसार यस्ता समस्याका दर भारतमाभन्दा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंकामा कम छन्।
ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको १ सय १७ देशको सूचीमा भारत १ सय २ नम्बरमा परेको छ।
पाकिस्तान ९४ औं स्थानमा छ भने बंगलादेश ८८ औं स्थानमा छ। नेपाल ७३ औं र श्रीलंका ६६ औं स्थानमा छ। एजेन्सी
3
Shares

प्रतिक्रिया