समाज


इक्वेडरमा मूल्य बृद्धिविरुद्धको आन्दोलनमा ६ व्यक्तिको मृत्यु

इक्वेडरमा मूल्य बृद्धिविरुद्धको आन्दोलनमा ६ व्यक्तिको मृत्यु

नेपालखबर
असोज २९, २०७६ बुधबार १०:५६,

प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएका सरकारले मङ्गलबार जानकारी दिएको छ।

यस प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेका गृहमन्त्री मारिया पउला रोमोले बताए।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए। जसको कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो।

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो। जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत र्पुयाउँछ।

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसंग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए।

यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको जनाइएको छ। सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad