बिहीबार राति पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन्।
गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो। प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो।
मृतकको पहिचान ढिलोगरी खुलेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।
उनीहरुले प्रयोग गरेको ज४प २३९० नम्बरको मोटरसाइकल घटनास्थलमा फेला परेको छ। घटनास्थलमा एउटा राँगोसममेत घाइते अवस्थामा फेला परेको थापाले बताए।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया