ad ad

समाज


डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

नेपालखबर
साउन १८, २०७८ सोमबार १६:१, काठमाडौँ

सरकारले प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट सोमबारदेखि लागु हुने गरी हटाएको प्रवक्ता प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताएका छन्। 

डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। 

उक्त अस्पतालको जिम्मेवारी सम्हालेदेखि गौतम विवादमा तानिएका थिए। सोमबार पनि उक्त अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए। 

सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको थियो।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मा मन्त्रालयकै तत्कालीन स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका गौतमलाई दिइएको थियो।

 डा गौतमले उक्त अस्पतालका कर्मचारीको मागबारे छलफल गर्न खोज्दा प्रहरी झिकाएर स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट गराएको आरोप लागेको थियो। कोभिड युनिफाइड अस्पतालबाट हटाइएका उनलाई थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ। उनी यसअघि पनि त्यहाँ कार्यरत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .