समाज


विद्यालयको ढोका फाेडेर ३२ वटा कम्प्युटर चोरी

विद्यालयको ढोका फाेडेर ३२ वटा कम्प्युटर चोरी

शैलेन्द्र महतो
साउन १९, २०७८ मंगलबार २०:५६, जनकपुरधाम

धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयबाट ढोका फाेडेर ३२ वटा कम्प्युटर चोरी भएको छ। 

आफन्त नेपाल लगायत विभिन्न संघसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि दिएको ३२ वटा कम्प्युटर चोरी भएको प्रधानाध्यापक राजकुमार राउतले बताए।

उनका अनुसार सो कोठाबाट ३० वटा कम्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टर, एकथान प्रोजेक्टर चोरी भएको हो। 

सोमबार मध्यराति चोरहरुले कम्प्युटर कक्षको ढोका फाेडेर कम्प्युटर चोरी गरेको स्थानीयले आशंका गरेका छन्। बिहान १० बजे विद्यालयमा शिक्षक पुगेपछि कम्प्युटर कक्षाकोठाको ढोका फोडेर चोरी भएको थाहा पाएका थिए। 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोली र बटेश्वर प्रहरी चौकीको टोली पुगेका छन्।  

यसअघि सो विद्यालयबाट पटक पटक खानेपानीको लागि जडान गरेको मोटर लगायतका सरसामान चोरी भएको स्थानीय बासिन्दाले बताएका छन्। 

स्थानीयले चोरीको घटना सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .