प्रहरीले काठमाडौँको गोंगबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको बस्नेतले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया