समाज


जनकपुरधाम विमानस्थल टर्मिनल भवनको छानो खस्दा एकजना घाइते

जनकपुरधाम विमानस्थल टर्मिनल भवनको छानो खस्दा एकजना घाइते

शैलेन्द्र महतो
साउन २२, २०७८ शुक्रबार १८:५, जनकपुरधाम

जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवनको भित्रि भागको छानोमा लगाएको सिमेन्ट बोर्ड खस्दा एकजना घाइते भएका छन्।

घाइते हुनेमा गाडी चालक धनुषाको धनौजी गाउँपालिका ५ बअुहर्वाका ३९ वर्षीय उसलेन खान छन्। 

शुक्रबार मध्यान्ह यात्रीको प्रतिक्षामा यात्री प्रतिक्षालय कक्षमा बसेको बेला  छानोको सिमेन्टबोर्डको एक भाग खानको टाउकोमा खसेको हो।

खानको टाउको फुटेको र गम्भीर चोट लागेको जनाइएको छ। टाउकोमा १५ वटा टाँका लागेको चिकित्सकले जनाएका छन्।

उनको उपचार अहिले जनकपुरधाम स्थित जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जनाएको छ। 

झण्डै १ वर्ष लगाएर ४२ करोड रुपैयाँ लागतमा निर्माण भएको विमानस्थलको टर्मिनल भवन ८ महिनाअघि २३ मंसिर २०७७ मा सञ्चालनमा आएको थियो। एक वर्ष नबित्दै टर्मिनल भवन भत्किन थालेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .