समाज


भजन गाउँदै गर्दा माइकमा करेन्ट लागेर दुई जनाको मृत्यु

भजन गाउँदै गर्दा माइकमा करेन्ट लागेर दुई जनाको मृत्यु

शैलेन्द्र महतो
साउन २६, २०७८ मंगलबार २०:१८, जनकपुरधाम

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

भजनकिर्तन गाउँदै गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको माइकमा करेन्ट लागेर मृत्यु भएको हो।

धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका बुलन यादवको घरमा भजनकिर्तनमा गएका बेला मंगलबार साँझ करिब ६ बजेतिर करेन्ट लाग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्टको झट्का लागेपछि अरु केही व्यक्ति सामान्य घाइते भएको जनाइएको छ। 

दुवै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .