सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिले महाकाली नदीमा तुइनबाट झरेर वेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग गरेको छ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिले बुधबार दार्चुलाको व्यास गाउँपालिका–२ का धामी परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो।
धामीको परिवारलाई उनको गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढामार्फत समितिका तर्फबाट आर्थिक सहयोग गरिएको संयोजक बस्नेतले बताए।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए।
उनको शव अझै फेला पर्न सकेको छैन।
438
Shares

प्रतिक्रिया