ad ad

समाज


संखुवासभा बीभत्स हत्या : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

संखुवासभा बीभत्स हत्या : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

मादी नगरपालिका, संखुवासभा। नक्सा तस्बिर : गुगल


नेपालखबर
भदौ २१, २०७८ सोमबार १३:११, काठमाडौँ

संखुवासभामा एकै परिवारका छ जनाको हत्या भएपछि अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। 

प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार संघीय प्रहरी इकाइ कार्यालयबाट कुकुरसहितको टोली घटनास्थलतर्फ गएको हो। 

अहिले घटनास्थलमा मादी प्रहरीचौकीको टोली पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। तर यो टोली पुग्न तीन घण्टा बढी लाग्ने डीएसपी लालध्वज सुवेदीले बताए। 

६ जनाको शव फेला परेको खबर आए पनि कसले र किन गर्यो भन्ने खुलेको छैन। धारिलो हतियार प्रहार गरेर हत्या गरेको जानकारी आएको डीएसपी सुवेदीले बताए। 

मादी नगरपालिका १ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्कीका परिवारका छ जनाकै हत्या भएको हो। एकजना शकुशल रहेको र उनी शारिरिक अशक्त रहेको बताइएको छ। 

८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय  तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया  रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .